निर्वाचन आयोग कलैयामा सद्भावनाबाटै बारा–२ बाट उम्मेदवारी दर्तामा गराएका छन्। पार्टी आन्तरिक संघर्षमा बाबुराम भट्टराई निकट मानिने कुशवाहालाई केही दिनअघि मात्र जिल्ला संयोजकको जिम्मेवारीबाट पनि मुक्त गराइएको थियो।
'माओवादीबाट मधेसमा मुक्ति सम्भव छैन, माओवादी अवसरवादीहरुको पार्टी रहेछ भन्ने पुष्टि भयो,' कुशवाहाले नागरिकन्युजसँग भने, 'हिजो हिमाल र पहाडलाई झुक्यायो, अब मधेसमा झुक्याउन आउँदैछ तर हामी त्यो गर्न दिँदैनौं।' माओवादीलाई मधेसी जनताले बहिस्कार गर्ने उनको भनाइ छ। उनले मधेसबाट एमाओवादी चुनाव जित्नैँ नसक्ने जिकीर गरे।
