१९ असोज, पाल्पा । पाल्पामा ट्रकसंग मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको ना ३ ख ६३६ नम्बरको ट्रक र बिपरित दिशाबाट आउँदै गरेको लु ६ प ४४२८ नम्बरको मोटरसाईकल पाल्पाको मदन पोखरामा एक आपसमा ठोक्किदा मोटरसाइकल चालक पाल्पा देवीनगरका ४० बर्षीय सर्वदिप बारघरेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बारघरेको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज पाल्पामा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।