काठमाडौ, आश्विन १८ - दशैंको पूर्व सन्ध्यमा नेपाली बजारमा तीनजुरे वाइन इण्डष्ट्रिज प्रा.लि.ले आफ्ना अंग्रेजीमा डिसेन्ट  र नेपालीमा चेसुङ ब्राण्डको नेपाली वाइन बजारमा ल्याएको छ । यि दुवै ब्राण्डका वाइन नेपालमै उत्पादन गरिएका हुन् ।
तीनजुरेले शुक्रबार राजधानीमा कार्यक्रम गरी ति दुई ब्राण्डका वाइन बजारमा ल्याएको हो । ‘यो वाइन नेपालीद्वारा नेपालका लागि नेपालमै उत्पादन गरिएको उत्कृष्ट उत्पादन हो’ कार्यक्रममा वितरित बिज्ञप्तिमा भनिएको छ ।
कम्पनीले पाँचवटा वाईन उत्पादन गर्दै आईरहेको उल्लेख गरेको छ । त्यसमा रेड वाईन, हनी हर्वल वाईन, जिन्जर वाईन, फ्रुट्स वाईन र यार्सा वाईन रहेका छन् । कार्यक्रममा भने रेड वाईन, हनी वाईन र जिन्जर वाईनमात्र सार्वजनिक गरिएको थियो ।
फ्रुट्स वाईन र यार्सा वाईन भने उत्पादनको क्रममा रहेका कम्पनीले जनाएको छ । ‘वाईन निर्माणमा शतप्र्रतिशत शुद्ध अर्गानिक बस्तुहरूको प्रयोग गरिएको छ भने जसमा कृत्रिम रगहरू प्रयोग गरिएको छैन’ बिज्ञप्तिमा भनिएको छ ।
पुर्णतः अर्गानिक बनाउन कृत्रिम बास्नाहरू पनि प्रयोग नगरिएको वाइनमा अल्कोहलको मात्रा ११.५ प्रतिशत मात्र रहेको उल्लेख गरिएको छ । साथै वाइनमा विषाक्त मिथानल निकालिएकोले उपभोगकर्तालाई पुर्णतः स्वस्थ्य राख्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।