- केन्द्रीय समिति बैठक बोलाइयो
७ असोज, काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवार छान्ने संसदीय समिति आज गठन गर्दैछ । त्यसका लागि ५ बजे केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठकमा सभापति कोइरालाले संसदीय समितिमा रहने सदस्यहरुको नाम प्रस्ताव गर्नु हुने स्रोतले जनाएको छ ।
सभापति कोइरालाको संयोजकत्वमा बन्ने समितिमा वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडल, महामन्त्रीद्धय कृष्ण सिटौला र प्रकाशमान सिंह, कोषध्यक्ष चित्रलेखा यादव रहनु हुनेछ । यस्तै देउवा पक्षबाट विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ र ज्ञानेन्द्रबहादुृर कार्कीको नाम सिफारिस भएको छ । कुलबहादुर गुरुङ र पद्मनारायण चौधरीको नाममा पनि सहमति जुटेको स्रोतले जनाएको छ । समितिमा शशांक कोइराला, रामशरण महत र दिलेन्द्रप्रसाद बडूको सम्भावना छ ।
