७ असोज, काठमाडौं । एएफसी प्रेसिडेन्ट कप फुटबलको आफ्नो पहिलो खेलमा नेपालको लिग च्याम्पियन थ्रीस्टार तुर्कमिनिस्तानको बाल्कनसँग ६-० को फराकिलो अन्तरले पराजित भएको छ । मलेसियाको मलाकामा सोमबार दिउँसो भएको एकपक्षीय खेलमा बाल्कोनले थ्रीस्टारमाथि गोलको बषर्ा नै गरेको थियो ।हारसँगै थ्रीस्टारको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन भएको छ । समूह चरणकै प्रतिद्धन्द्धी मंगोलियाको इर्चिम एफसी विरुद्ध खेल्नेछ । सन् २००५ को पहिलो संस्करणमा सहभागी थ्रीस्टार सेमिफाइनलमा पुगेको थियो ।