७ असोज, नवलपरासी । नवलपरासीको प्रगतिनगरमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट काठमाडौं जादै गरेको लु १ ख ७३६४ नम्बरको बसले दिउँसो करिब सवा ३ बजेतिर दलदले बजारमा ना १९ प ८३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।दुर्घटनामा परि मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतिका प्रहरी निरिक्षक मोहन अधिकारीले जानकारी दिनुभयो । मृत्यु भएका मध्ये प्रगतिनगर ६ पृथ्वीनगरका करिब ५०/५५ बर्षीय रामप्रसाद भुसालको सनाखत भएको छ । एक महिला र बच्चाको सनाखत हुन सकेको छैन । ना ४ ख ७८२१ नम्बरको बसलाई उछिन्न खोज्दा दुर्घटना भएको प्रहरीको भनाई छ । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।