उम्मेद्वार चयन लापरबाही भएको भन्दै सिन्धुलीमा नेकपा एमालेका आफ्नै कार्यकर्ताले पार्टीका जिल्ला अध्यक्ष प्रदीप कटुवालमाथि हातपात गरेका छन् ।
सिन्धुली क्षेत्र नं.२ मा प्रत्यक्षतर्फको उम्मेद्वार चयनको विषयलाई लिएर नेकपा एमालेका कार्यकर्ताले आफ्नै केन्द्रले तय गरेको उम्मेद्वार खड्ग खत्रीलाई अन्तिम समयमा हटाएर अर्कैलाई उमेद्वारी दिलाएको भन्दै खत्री समर्थकले कटुवालमाथि हातपात गरेको सिन्धुली एमालेले जनाएको छ ।
राम्रा नेतालाई टिकट नदिएको भन्दै कार्यकर्ता आक्रोसमा आएका हुन् । एमालेले क्षेत्र नंबर २ मा नेता खत्रीको सट्टा उमा कोइरालालाई टिकट दिएको भन्दै आक्रोशित कार्यकर्ताले अध्यक्ष कटुवालमाथि हातपात गरेका एमाले नेता चुडामणि श्रेष्ठले बताए ।
अध्यक्षमाथि हातपात गर्नुका साथै उनीहरुले पार्टी कार्यालयमा तोडफोड समेत गरेका छन् ।
