• ५ जनाको मृत्यु,२२ जनाको उद्दार

चितवन, कार्तिक ६ - धरानबाट काठमाडौं तर्फ गइरहेको बा २ ख ९८८७ नम्बरको साई सफारी डिलक्स रात्री बस नारायणागढ-मुग्लिन राजमार्ग अन्तर्गत चितवनको चण्डिभन्ज्याङ गाविस १ स्थित खहरे खोलामा खस्दा ५ जनाको मृत्यु भएको छ । २२ जनाको जिवितै उद्दार गरिएको छ । बसमा च्यापिएको अबस्थामा एक महिलाको शब निकालिएको र अन्य ४ जनाको शव च्यापिएको अबस्थामा रहेकाले निकाल्ने काम भईरहेको शसस्त्र प्रहरीको बिपत ब्यवस्थापन तालिक केन्द्र कुरिनटारका प्रहरी निरिक्षक राजेश फुयालले जानकारी दिए ।
उनका अनुसार बस पुलबाट ६० मिटर तल खसेको छ । विहान ६ बजे उक्त दुर्घट्ना भएको हो । उद्दार गरिएका घाईतेहरुको कुरिनटार र भरतपुरका विभिन्न अस्पतालमा उपचारका लागि पठाईएको छ । दुर्घट्नाको कारण खुल्न नसेको र शसस्त्र,नेपाल प्रहरी,नेपाली सेना र स्थानीयले उद्दार कार्य जारी राखेका छन् ।