१९ असोज, काठमाण्डौ । निर्वाचन आयोगले संविधानसभाको दोस्रो निर्वाचनका लागि उम्मेदवार दिएकाहरुको विरोधमा उजुरी दिन शनिवार साँझसम्मको समय दिएको छ ।election-commission-nepal
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्ष तथा स्वतन्त्र तर्फवाट उम्मेदवारी दिएका उम्मेदवारहरुको विरोधमा शनिवार विहान १० बजेदेखि साँझ ५ बजेसम्म जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले शनिवार परेका उजुरीको आधारमा आवश्यक जाँचवुझ गरी सोमवार उम्मेदवारको नामावली प्रकाशन गर्ने छ ।
निर्वाचनको कार्यतालिका अनुसार आयोगले असोज २२ गते उम्मेदवारी फिर्ता २२ गते उम्मेदवारको नाम फिर्ता लिने, २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा असोज २४ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । यसअघि शुक्रावार १ सय २२ दलले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगलाई बुझाएका थिए ।