- नेपाली ट्रक चालक कुट्ने सिमा क्षेत्रसुनौलीका दुई भारतीय प्रहरी कार्वाहीमा परेका छन् ।

भारतीय बजारबाट फर्कदै गर्दा लु १ ख ८१३६ नम्वरका चालक लाल बहादुर क्षेत्रीलाई आईतवार सुनौलीमा पैसा नदीएको निउमा कुट्ने प्रहरी जवानहरु योगेन्द्र यादव र राम भुवन भास्कर कार्वाहीमा परेका हुन् ।

सुनौली चौकीमा कार्यारत दुवै जनालाई कार्वाही स्वरुप महारजगजं तानीएको छ ।

उनिहरुलाई एक बर्षसम्म फिल्डमा कामगर्न नपाउने गरी महारजगजं हाजीर गराईएको महाराजगजंका एसपी दिलीप कुमारले जानकारी दिए ।

उनिहरुमाथी नेपाली ट्रक चालक क्षेत्रीसगं पैसा मागेको र पैसा नदीए पछि कुटपीट गरेको आरोप लागेको छ ।