• बोनस बाँडेको विषयमा अख्तियारद्वारा छानविन

काठमाडौ, आश्विन ८ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुरेश कुमार अग्रवाल सहित अन्य ३ जना उच्च अधिकारीलाई पक्राउ गरेको छ । अयोगको निर्देशन विपरीत निगमले आफ्ना कर्मचारीलाई बोनस बाँडेको समाचार आएपछि छानविनका लागि आयोगले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार अग्रवालसँगै निगमका निर्देशक नागेन्द्र साह, प्रबन्धकद्वय कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्लेलाई हिरासतमा लिइएको छ । निगमले २०६५ सालमा भएको नाफा वापतको बोनस वितरण गरेको सामचार बाहिर आएपछि त्यस सम्बन्धमा आयोगले अनुसन्धान थालेको प्रवक्ता सापकोटाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । आयोगले २०६५ सालमै निगम कुल सञ्चित मुनाफामा नगएसम्म बोनस वितरण नगर्न निर्देशन दिएको थियो ।