
पासवानले पार्टी नेतृत्वले संघीयता विरोधी, राजावादीसँग साँठगाँठ गरेको, मधेसको एजेण्डालाई सम्बोधन नगरेको लगायतका अरोप लगाएका छन् । स्रोतका अनुसार पासवान आफ्ना सहयोगीहरुसहित एकीकृत नेकपा-माओवादीमा फर्कने तयारीमा छन् । यसबारे छलफल भइरहेको भन्दै पासवानले के गर्ने भन्नेबारे आजै पत्रकार सम्मेलन गरेर जानकारी दिने बताउनुभयो । एमाओवादी स्रोतले भने बुधबार दिउँसो तीन बजे पासवानले एमाओवादी प्रवेश गर्ने तय भएको बताएको छ ।
वैद्य नेतृत्वको माओवादीले चुनाव बहिस्कार गर्ने निश्चित जस्तै भएपछि संविधानसमा आउन इच्छा भएका नेताहरु एमाओवादीमा र्फकने सिलसिलाका रुपमा एमाओवादी नेताहरुले पासवानको आगमनलाई लिएका छन् । यसैवीच मंगलबार विहान पेरिसडडाँडा आयोजित एक कार्यक्रममा सिन्धुलीका पूर्वएमाले युवा प्रदीप परियारको नेतृत्वमा दर्जनौं युवाहरु एमाओवादीमा प्रवेश गरेका छन् ।