काठमाडौं, ९ असोज । नायक भुवन केसीले नेकपा एमालेले संविधानसभाको निर्वाचनमा टिकट नदिएको झोकमा बुधबार राप्रपा नेपाल प्रवेश गर्दैछन् । साँझ विशेष कार्यक्रमका साथ राप्रपाका अध्यक्ष कमल थापाले नायक केसीलाई प्रवेश गराउन लगेको हो ।तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको समयमा ३ वर्ष अघि पार्टी प्रवेश गरेको नायक केसीलाई सभसद् बनाउने सहमति भएको थियो । तर, सहमति विपरित एमालेले नायक केसीलाई निर्वाचनमा टिकट नदिएको झोकमा उनी राप्रपा नेपाल तर्फ लागेको हो ।
स्रोतका अनुसार राप्रपा नेपालले नायक केसीलाई टिकट दिने सहमति भएको बताएका छन् ।