काठमाडौं, आश्विन ९ - उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को मानबिकी शिक्षा र व्यवस्थापन विषयको परीक्षाफल बुधबार प्रकाशित भएको छ ।


परीक्षा नियन्त्रक दुर्गा अर्यालयका अनुसार नियमिततर्फ ८० हजार ६ सय २० परिक्षार्थी उत्तीर्ण भएका छन् । यो कुल परीक्षार्थीको ३८ दशमलव ६३ प्रतिशत हो ।


गत वैशाख १७ गतेदेखि भएको परीक्षामा २ लाख ८७ हजार ७ सय १ जना सहभागी भएका थिए । परिषद्का अनुसार ५१ जनाको परिक्षाफल रद्द गरिएको छ भने ५ जनाको परिक्षाफल स्थगित गरिएको छ ।


आंशिकतर्फ ३१ प्रतिशत उत्तीर्ण भए । १ लाख ३५ हजार ४ सय १२ जनाले परीक्षा दिएकोमा ४२ हजार ५ सय परिक्षार्थी उत्तीर्ण भएका छन् ।


परिषद्ले यसअघि नै विज्ञान विषयको परीक्षा प्रकाशित गरिसकेको थियो ।


परीक्षाफल उच्च माध्यमिक शिक्षा परिषद्को वेबसाइट hseb.edu.np र नेपाल टेलिकमको वेबसाइटमा ntc.net.np हेर्न सकिनेछ ।


मोबाइलबाट पनि नतिजा थाहा पाउन सकिन्छ । त्यसका लागि म्यासेज बक्समा गएर HSEB टाइप गरि एक स्पेश छाडेर आफ्नो सिम्बोल नम्बर लेखी ५५६६ मा एसएमएस गर्न सकिन्छ ।