मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) बाट सिफारिस भएका पर्साका दुई जना संविधान सभाका उम्मेदवारले उम्मेदवारी सहित पार्टी छोडेर मधेशी जनाधिकार फोरम (गणतान्त्रिक) प्रवेश गरेका छन्।
बुधबार बीरगन्जमा फोरम (गणतान्त्रिक)का माहासचिव शशीकपुर मियाँले उनीहरुलाई पार्टी संगठनभित्र र चुनावमा सम्मानजनक सहभागिता गराइने प्रतिबद्धता जनाए।
फोरम (लोकतान्त्रिक)बाट प्रत्यक्षतर्फ पर्सा क्षेत्र नम्बर ४ बाट उम्मेदवारीको सिफरिसमा परेका क्षेत्रीय अध्यक्ष हजारी साहले गणतान्त्रिकको टिका माला लगाए। पार्टी अध्यक्ष बिजय कुमार गच्छेदारलाई मधेशका मुद्दासँग मतलब नभएको र उनको लागि दल तथा निर्वाचन सत्ता प्राप्तिको माध्यम मात्र भएको साहको आरोप छ।
त्यस्तै समानुपातिक तर्फ पर्साबाट फोरम (लोकतान्त्रिक)को जिल्ला समितिले पहिलो नम्बर मै नाम सिफारिस गरेको जिल्ला सदस्य बीरेन्द्र यादव पनि गणतान्त्रिकमा प्रवेश भएका छन्। 'एक पटक देशको प्रधान मन्त्री हुने लक्ष्य लिएको गच्छेदारले मनको कुरा बताएपछि बिरक्त लागेको हो,' यदवले भने – 'मधेश आन्दोलनमा समेत सामेल नभएकाले उनलाई मधेशी भावनासँग मतलब भएन्, मधेश आन्दोलनको क्रान्तिकारीताको कमी हामीलाई बारम्बार महशुश भएको थियो।'
लोकतान्त्रिक छोडेकाहरुले पार्टीको थारुकरण भएको समेत आरोप लगाए। फोरम (गणतान्त्रिक)का माहासचिव मियाँले क्षेत्र नम्बर ३ बाट यादवलाई र ४ बाट साहलाई प्रत्यक्ष उम्मेदवार बनाउने जिल्ला समितिको राय रहेको बताए। यसअघि गणतान्त्रिकबाट सिफारिस भएका ३ का उम्मेदवार पुनीलाल साह र ४ का दर्शन यादवले उम्मेदवारी छोडेर निर्वाचनमा नयाँ उमेद्वारलाई मद्दत गर्ने बताएको मियाँले जानकारी गराए।
फोरम (लोकतान्त्रिक)बाट प्रत्यक्षतर्फ पर्सा क्षेत्र नम्बर ४ बाट उम्मेदवारीको सिफरिसमा परेका क्षेत्रीय अध्यक्ष हजारी साहले गणतान्त्रिकको टिका माला लगाए। पार्टी अध्यक्ष बिजय कुमार गच्छेदारलाई मधेशका मुद्दासँग मतलब नभएको र उनको लागि दल तथा निर्वाचन सत्ता प्राप्तिको माध्यम मात्र भएको साहको आरोप छ।
त्यस्तै समानुपातिक तर्फ पर्साबाट फोरम (लोकतान्त्रिक)को जिल्ला समितिले पहिलो नम्बर मै नाम सिफारिस गरेको जिल्ला सदस्य बीरेन्द्र यादव पनि गणतान्त्रिकमा प्रवेश भएका छन्। 'एक पटक देशको प्रधान मन्त्री हुने लक्ष्य लिएको गच्छेदारले मनको कुरा बताएपछि बिरक्त लागेको हो,' यदवले भने – 'मधेश आन्दोलनमा समेत सामेल नभएकाले उनलाई मधेशी भावनासँग मतलब भएन्, मधेश आन्दोलनको क्रान्तिकारीताको कमी हामीलाई बारम्बार महशुश भएको थियो।'लोकतान्त्रिक छोडेकाहरुले पार्टीको थारुकरण भएको समेत आरोप लगाए। फोरम (गणतान्त्रिक)का माहासचिव मियाँले क्षेत्र नम्बर ३ बाट यादवलाई र ४ बाट साहलाई प्रत्यक्ष उम्मेदवार बनाउने जिल्ला समितिको राय रहेको बताए। यसअघि गणतान्त्रिकबाट सिफारिस भएका ३ का उम्मेदवार पुनीलाल साह र ४ का दर्शन यादवले उम्मेदवारी छोडेर निर्वाचनमा नयाँ उमेद्वारलाई मद्दत गर्ने बताएको मियाँले जानकारी गराए।