१८ असोज, बारा । बारामा नेकपा एमालेका नेता मोहमुद आलममाथि गोली प्रहार भएको छ । एमालेका तर्फवाट मंसिर ४ मा हुने संविधानसभा निर्वाचनका लागि बारा क्षेत्र नम्बर ४ का उम्मेदवार समेत रहेका आलममाथि शुक्रवार मध्यान्ह अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समुह फरार भएको  र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  आलमको वीरगञ्जस्थित नेश्नल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।